८६ वर्षीय सगरमाथा आरोही शेरचनको निधन

काठमाडौं , बैशाख,२४-

विश्वकै पाका सगरमाथा आरोहीका रुपमा किर्तिमान राख्न सगरमाथा अाराेहणमा निस्केका ८६ वर्षीय आरोही मीनबहादुर शेरचनको आधार शिविर पुगेर शनिबार निधन भएको छ।

म्याग्दीको भुरुवा तातोपानीका बेलायती सेनामा समेत काम गरेका पूर्व गोर्ख सैनिक शेरचन वैशाख ३ गते सात सदस्यीय टोलीसहित काठमाडौंबाट सगरमाथा आरोहणमा निस्कनु भएकाे थियाे ।

शेरचनको आधार शिविरमा ५ बजेर १४ मिनेट जाँदा निधन भएको पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराईले जानकारी दिनु भयाे । यसअघि शेरचनले ७६ वर्षको उमेरमा सन् २००८ मा सगरमाथा चढेका थिए ।