नेपाली काङग्रेसले बाँके जिल्लामा सम्पर्क कार्यालय स्थापना

मधु पौडेल
बाँके,बैशाख,२४-
स्थानिय तहको निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस बाँकेले जिल्लाका उपमहानगर पालिका, नगरपालिका र गाउँपालिकमाहरुमा सम्पर्क कार्यलय स्थापना गरेको रहेको छ ।
स्थानिय तहको निर्वाचन अन्तरगत दोस्रो चरणको निर्वाचन यहि जेठ ३१ गते बाँकेमा हुने भएपछि सबै राजनितिक पार्टीहरुले प्रचार प्रसारका कार्यहरु अगाडी बढाइरहेका बेला नेपाली काँग्रेसले शनिवार मात्रै ४ स्थानमा वडा सम्पर्क कार्यालय सञ्चालन गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १६ बेलासपुर,बैजनाथ गाउँपालिका वडा नम्बर ३ र वडा नम्बर ६ र खजसरा गाउँपालिका वडा नम्बर २ सीतापुरमा वडा सम्पर्क कार्यालय सञ्चालन गरेको नेपाली कागे्रसका नगर सभापति प्रशान्त विष्टले जानकारी गराउनु भएको छ ।