प्रधानन्यायाधीश कार्की र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट

काठमाडौं,वैशाख,२४-

प्रधानन्यायाधीश सुशीला कार्की राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न शीतलनिवास पुगेकी छिन् ।आइतबार साँझ ५ बजेका लागि भेट तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति र प्रधानन्यायाधीशको भेटको कारण खुलेको छैन ।सामान्यतयाः संवैधानिक अंगका प्रमुखहरुले आफ्नो विदा राष्ट्राध्यक्षबाट स्वीकृत गराउने प्रचलन छ ।

न्यायाधीश कार्की पनि विदा स्वीकृत गराउनका लागि शीतलनिवास गएको अनुमान गरिएको छ ।यसबाहेक पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफलका लागि प्रधानन्यायाधीश कार्की शीतलनिवास गएको हुने सक्ने अनुमान गरिएको छ ।