सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाहले भोली आईवार विश्वासको मत लिने

कैलाली,फाल्गुन,२०-सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले यहि फागुन २१ गते आइतबार विश्वासको मत लिने हुनुभएको छ।

मुख्यमन्त्री शाहले शुक्रबार प्रदेश सभा सचिवालयलाई आइतबार विश्वासको मत लिनका लागि आवश्यक व्यवस्थापन मिलाउन आग्रह गर्दै पत्र पठाउनुभएको हो ।

सभामुख भीमबहादुर भण्डारीले आइतबार दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने गरी व्यवस्थापन भइरहेको जानकारी दिनुभयो।आइतबार दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने गरी तयारी थालिएको उहाँले बताउनुभयो।

मुख्यमन्त्री बन्दा समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि माघ २६ गते नेकपा एमालेका राजेन्द्र सिंह रावल नेतृत्वको सरकार ढलेको थियो ।

त्यसपछि संविधानको धारा १६८ को उपधारा (३) बमोजिम ठूलो दलको संसदीय दलको नेताको हैसियतमा सोही दिन शाहलाई प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

मुख्यमन्त्री नियुक्त भएकै भोलिपल्ट शाहले नेपाली कांग्रेसका प्रकाशबहादुर देउवालाई भौतिक पूर्वाधार विकास मन्त्री र नेकपा एकीकृत समाजवादी पार्टीका नरेश शाहीलाई आर्थिक मामिला मन्त्रीमा नियुक्त गर्नुभएको थियो ।ईमेजखबरबाट