फुकुओकामा नेपाली एकता समाज (कुरुमे) गठन

आगामी दिनमा साँस्कृतिक र खेलकुद कार्यक्रम गर्ने

फाईल तस्विरमा : नेपाली एकता समाज (कुरुमे) का नव गठित कार्यसमिती

टोकियो,भदौ,३-जापानको फुकुओकामा नेपाली एकता समाज (कुरुमे) गठन भएको छ।

बिष्णु बहादुर तामाङको अध्यक्षतामा ११ सदस्य नेपाली एकता समाज (कुरुमे) को आइतबार स्थापना गरिएको थियो।

यसैबिच: नेपाली एकता समाज गठन पश्चात बोल्दै अध्यक्ष तामाङले “भन्नुभयो” कुरुमे वरिपरी नेपालीहरुको बढ्दो अवस्था र यस क्षेत्रमा नेपाली समाज नभएको र त्यसको आवश्यकतालाई महशुश गरेर समाजको स्थापना गरेको  जानकारी दिनुभयो।

उहाँले “भन्नुभयो” यस संस्थाले भावी दिनमा यहाँ सांस्कृतिक कार्यक्रम , तथा नेपालीहरुलाई सहयोग तथा  कुरुमे क्षेत्र वरिपरि बस्ने नेपाली,जापानीज र अन्य विदेशी नागरिकलाई पनि हाम्रो नेपाली कला संस्कृतिको बारेमा पनि जानकारी दिने बताउनु भएको थियो।

यस्तै : समाजले त्यस वरिपरि बसोबास गर्ने नेपालीहरुको दुख सुखमा सहयोग गर्ने र नेपाली बाल बच्चाहरुको संख्या पनि बढ्दै गएको हुनाले नेपाली भाषा, भेष भुषा , कला संस्कृतिहरु बाल बालीकालाई सिकाउदै जाने सस्थाको उद्देश्य रहेको छ।

पछिल्लो समय कुरुमे र वरिपरि नेपाल देखी जापान पढ्न आउने विद्यार्थीको संख्या पनि बढ्दै गएको हुनाले उनिहरुले जापानमा नबुझेका कुराहरुको बारेमा अभिमुखिकरण कार्यक्रम गर्ने र जापानमा आए पछि पालना गर्नु पर्ने नीति नियमको पनि जानकारी दिईनेछ।जसको कारण बिद्यार्थी भाइबहिनीहरुको उज्जल भबिस्य बनाउनमा टेवा पुग्ने आशा संस्थाले राखेको छ।

त्यसैगरी : उक्त समाजको सह संयोजकमा दीपेन्द्र ठगुन्ना यस्तै सचिवमा शंकर बि.क, सह सचिवमा प्रबिन बि.क, तथा कोषाध्यक्षमा भिषन तामाङ र सदस्यहरुमा अनिल कुमार श्रेष्ठ, बिमल गुरुङ्, सुजन घलान, सिर्जना पोखरेल, दिपेश गुरुङ् र प्रेम लामा रहेका छन् ।

नेपाली एकता समाज (कुरुमे) को सल्लाकारहरुमा विवेक श्रेष्ठ, धिरेन गुरुङ, राजा मल्ल, भानुभक्त कंडेल र फणीन्द्र लिम्बु गरि पाँच जना सल्लाहकार समिति पनि गठन गरिएको छ।

फाईल तस्विर : नेपाली समाज एकता (कुरुमे) गठन हुदै गर्दा ।।

यस समाज विशुद्ध गैर राजनीतिक र गैर नाफामूलक भएको र कुरुमे र यस वरिपरि बस्नु हुने सम्पूर्ण नेपालीहरुको यस समाजमा समान हक र अधिकार हुने हुनेछ।

समाज गठन प्रक्रियामा अघिल्लो महिना कुरुमे र यस वरिपरि बस्नु हुने नेपालीको बृहत भेला आयोजना गरि सहभागी सम्पूर्णको राय सल्लाह सुझावलाई समेटेर पुन दोश्रो चरण भेलाको आयोजना गरि समाज गठन गरिएको समाजका उपाध्यक्ष दीपेन्द्र ठगुन्नाले जानकारी दिनुभयो ।

कार्यक्रमको संचालन सचिवमा निर्वाचित शंकर वि क ले गर्नु भएको थियो।