खजुरा डान्स आइकनको ग्राण्ड फिनाले धुर्वतारा माबिको प्राङ्गणमा हुने

खजुरा डान्स आइकनको : ग्राण्ड फिनाले हुन अब ५ दिन बाँकी

नेपालगंज,माघ,१४-

गरमाथा डान्स एन्ड इन्टरटेन्ट्मेन्ट प्रालिको आयोजनामा सन्चालन भैरहेको खजुरा डान्स आइकन २०७५ को ग्राण्ड फिनाले धुर्वतारा माबिको प्राङ्गणमा हुने भएको छ।

यहि माघ १९ गते शनीबारका दिन हुने प्रतीयोगीतामा विविध साँस्कृतिक कार्यक्रमहरु रहने आयोजकले जनाएको छ ।यो प्रतीयोगिताको मुख्य प्रायोजन रिमझिम पोलिक्लिनिकले गरेको छ, भने खजुरा गाउँपालिकाको विशेष सहयोग रहेको छ । उक्त नृत्य प्रतियोगिताको सह-आयोजक पन्चमुखी केवल नेटवर्क प्रालीले गरेको छ ।

प्रतियोगिताको फाइनलमा जम्मा १५ जनाले प्रतिस्पर्धा गर्ने छन् ।
नृत्य बिधामा दख्खल राख्ने प्रतिभालाई स्थान दिने उद्देश्यका साथ  प्रतीयोगीता सन्चालन गरिएको प्रतीयोगीताका संयोजक दिलु सुनारले बिहानी अनलाईन डटकमलाई जानकारी दिनुभयो ।

उक्त डान्स प्रतियोगिताको निर्णायक मण्डलमा शेखर घर्ती, शृङ्खला बस्नेत, सृष्टि शाही, नवराज सुवेदी र लक्ष्मण सुनार रहेका छन् ।

यस्तै : प्रत्योगितामा प्रथम हुनेलाई नगद रु ३० हजार, द्वितीय हुनेलाई २० हजार , तृतीय हुनेलाई १० हजारका साथै उत्कृष्ट १० भित्र पर्न सफल प्रतियोगिलाई समेत आकर्षक पुरस्कार दिईने संयोजक दिलु सुनारले जानकारी दिनुभयो ।उक्त प्रतियोगिताको अनलाईन मिडिया पार्टनरमा बिहानी अनलाईन डटकम रहेको छ ।