आजको राशिफल ।। भाद्र २९ गते बुधवार ।।

काठमाडौं,भाद्र,२९-आज विक्रम संवत २०७९ साल भाद्र महिनाको २९ गते बुधवार, (सेप्टेम्बर १४ तारिख) अश्विन कृष्ण चतुर्थी तिथी !आज पञ्चमी श्राद्ध, तथा राष्ट्रिय वाल दिवस पनि रहेको छ ।

आज भाद्र २९ गते बुधवारको राशीफल !!

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशि हुनेहरुका लागि आजको दिन हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । कूटनीतिक नियोगको र आफन्तको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

वृष राशिका हुनेहरुका लागि आजको दिन भ्रमण, खानपान तथा फेसनमा धन खर्च बढ्नेछ । राजनैतिक कार्यमा बाधा आउनेछ, तर आफन्तसँग भेटघाट भने हुनेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

मिथुन राशि हुनेहरुका लागि भने आजको दिन आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । मित्र जनबाट साथ सहयोग मिल्ने देखिन्छ । सवारी साधन प्राप्तिको योग छ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

कर्कट राशि हुनेहरुका लागि आजको दिन लाभदायक यात्रा हुनेछ । बिना प्रतिस्पर्धा फाइदा हुनेछ । परिवारसँग रमाइलो भेटघाट हुनेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

सिंह राशि हुनेहरुका लागि आजको दिन नजिकको मित्रसँग भेटघाट हुनेछ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ । कुनै कुराले मनमा शान्ति छाउनेछ । धर्म र आस्था बढ्नेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

कन्या राशि हुनेहरुका लागी आजको दिन अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । गरेका काममा ढिलासुस्ती हुनेछ । यात्रा कष्टकर हुनसक्छ र मालसामान पनि हराउन सक्छ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तुला राशि हुनेहरुका लागी भने आजको दिन शुभारम्भको चर्चा चल्नेछ । अतिथिको रूपमा सत्कार पाइएला । भौतिक साधन जुटाउने समय छ । लाभदायी र रमाइलो यात्रा पनि रहला ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

वृश्चिक राशि हुनेहरुका लागि आजको दिन पारिवारिक जीवन सन्तोषप्रद रहनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

धनु राशि हुनेहरुका लागि आजको दिन धेरै समय पछि आफन्तसँग भेटघाट हुनेछ । प्रेमीको सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । राजनीतिक कार्यमा सफलता मिल्नेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

मकर राशि हुनेहरुले भने आजको दिन गर्न खोजेका काममा बिघ्नबाधा धेरै देखा पर्नेछन् । मानसिक चञ्चलपनले पेशागत हानी हुने सम्भावना बलियो छ, तर आफन्तले साथ भने दिनेछन् ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

कुम्भ राशि हुनेहरुका लागि आजको दिन चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनसक्छ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाइएला । ब्यापार व्यवसायबाट आम्दानी हुनेछ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

मीन राशि हुनेहरुका लागि आजको दिन चिताएको कामले तीव्रता लिनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ ।

यो त भयो आजको तपाईको राशिफल,तपाईको राशिफलमा जे जस्तो लेखिईएको भएता पनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोस्,सधैंव सकरात्मक सोच्नुहोस्, सतकर्म गर्नुहोस्,आजको तपाईंको दिन शुभ रहोस् ।साभार हाम्रो पात्रो-ज्यो.प. नारायणप्रसाद दुलाल