थप २ हजार १०३ जनामा कोरोना संक्रमण पुष्टि,१७ जनाको मुत्यु

सक्रिय संक्रमितको संख्या २८ हजार १०६ जना पुग्यो

काठमाडौं,मंसिर,४-नेपालमा बिहीवार थप २ हजार १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा बिहीवारसम्म सक्रिय संक्रमितको संख्या २८ हजार १०६ जना रहेका छन् । 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० जना पुगेको छ । नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख ८५ हजार ६३८ जना पुगेको छ। मन्त्रालयका अनुसार विगत २४ घण्टामा थप १७ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । 

योसँगै कोरोना संक्रमणबाट १ हजार २७६ जनाको मृत्यु पुष्टि भएको छ । विगत २४ घण्टामा २ हजार ८५८ जना कोरोना संक्रमणबाट मुक्त भई  डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा १६लाख ३३ हजार ५५९ ओटा पीसीआर परीक्षण भएको छ। मन्त्रालयका अनुसार हाल क्वारेन्टाइनमा ७६७ जना रहेका छन् । त्यसैगरी आईसोलेशनमा २८ हजार १०६ जना रहेका छन् ।