हास्यकलाकार माग्ने बुढाले दिए केपिको अनाथ बालगृह निर्माणमा आर्थिक सहयोग

काठमाडौ,माघ,२९-

हास्यकलाकारको रुपमा चर्चित कलाकार केदार घिमिरे माग्ने बुढाले नेपालका कान्छा अभियान्ता केपि खनालको नेतृत्वमा वन्दै गरेको अनाथ आश्रम लाई बाजुरामा कार्यक्रममा गएको मौका पारी अनाथ बालबालिका सहित निर्माण भइरहेको आश्रममा पुगेर काठमाडौ फर्की कान्छा अभियन्तालाइ भेट्दै आर्थिक सहयोग र हौसला प्रदान गरेका छन् ।

सके हजार नसके प्रचार अभियान संचालन गरि फेसबुकबाटै ५० लाख उठाएर कन्सर्न बाजुरा संस्थालाइ हस्तान्तरण गर्ने गरि आश्रम निर्माणमा केपि खनाल लागेका छन् ।

खनाल काठमाडौ सरसफाइ अभियानबाट चर्चा कमाउदै हाल अनाथ आश्रम निर्माणमा छन् । रकम अझै अभाव भएकाले सबैले सक्दो साथ दिन अनुरोध पनि गरेका छन ।