अरिङ्गालको टोकाईबाट ओखलढुंगामा एक युवकको मृत्यु

सिर्जना बर्देवा/
ओखलढुंगा, कार्तिक २२-
अरिङ्गालको टोकाईबाट चम्पादेवी गाउँपालीका ओखलढुंगामा एक युवकको ज्यान गएको छ । अरिङ्गालको टोकाईका कारण चम्पादेवी गाउपालिका ९ विलन्दुका ३२ वर्षका वेद बहादुर कार्कीको मृत्यु भएको हो । शनिबार बेलुकी गाँउमा कर्मी काम गरेर घर फर्कदै गरेका कार्कीलाई अरिङ्गालले टोकेको थियो ।

अरिङ्गालको टोकाईवाट गम्भीर घाईते भएका कार्कीलाइ स्थानिय स्वास्थ्य चौकीमा उपचार सम्भव नभए पछी थप उपचारका लागि काठमाण्डौ लगिएको थियो ।काठमाण्डौको वीर अस्पतालमा उपचारको क्रममा कार्कीको ज्यान गएको पारिवारीक श्रोतले जनाएको छ ।

मृतक कार्की नेकपा एमाले चम्पादेवी गाँउपालिका–९, विलन्दु युवा संघ वडा कमिटिका सचिव हुन् । केही दिन अघि मोलुङ गाउपालिकाको रागादिपमा पनि अरिङ्गालको टोकाईबाट नौ महिने बालकको ज्यान गएको थियो ।