काठमाडौमा अछाममा कांग्रेसलाई बिजयि गराउन सहयोग सामग्री दिने क्रम बड्दो

क्षेत्र खनाल/

काठमाडौ,कार्तिक २२-

देशमा बामपंथी शक्ति एक भएर चुनावी मैदानमा हुमि रहदा अछाम क्षेत्र १ मा कांग्रेसलाई बिजयी गराउन अछाम काठमाडौ सम्पर्क समिती तिव्ररुपमा लागिरहेको छ । विभिन्न ठाउँमा अछामका समस्या सुन्दै युवा एक जुट गराएर होस् वा विभिन्न ठाँउबाट सहयोग गरेर होस् अहिले काठमाडौमा बसोबास गर्ने अछामेली युवाहरु लागि परिएका छ्न् ।

उसो त अछाम भनेपछी सबै नेपालीले चिन्ने भिम रावलको क्षेत्र हो भन्ने सुन्निने गर्दछ् तर अछामेली काठमाडौमा बसोबास गर्ने युवाहरू भने हामीलाई काठमाडौमा समस्या पर्दा होस वा अछाममा समस्या पर्दा होस भिम रावलले हामिलाई पराई सम्झेर बसेको उनिहरु गुनासो पोख्ने गरेको पाईन्छ । यसै बिच आजै नेपाली कांग्रेस क्षेत्र न १
प्रतिनिधि सभा सदस्य उम्मेदवार तथा नेपाली कांग्रेस अछाम जिल्ला सभापति भरत कुमार स्वारलाई अछाम काठमाडौ सम्पर्क समिती उपाध्यक्ष भक्त बहादुर ठकुल्लाले ३९ माइकहरु नेपाली कांग्रेस अछामलाई हस्तान्तरण गर्नुभएको छ । उहाका अनुसार लोकतान्त्रिक पक्षको बिजय गराउनलाई आफू सधै सहयोग गर्न तत्पर रहेको वताउनु भएको छ ।

सहयोग कार्यक्रममा अछाम-काठमाडौ सम्पर्क समिती सभापति तथा देउडा गायक :यज्ञराज उपाध्याय पुर्व सुचना तथा संचार राज्य मन्त्री गोबिन्द बहादुर , उप-प्राध्यापक धर्म रावल ,नेबिसंघ काठमाडौ अछाम सम्पर्क समिती कार्यवाहक सभापति सुशील कुवर साथै

प्रमुख अथीती भरत कुमार स्वारले अछाम क्षेत्र १ मा कांग्रेसको जित निश्चित भएको र सबैलाई लोकतान्त्रिक पक्ष लाई जिताउन अनुरोध गर्नुभएको थियो साथै अब अछाम मात्रै नभएर देशभर बाम गठबन्धन भन्दा लोकतान्त्रिक पक्षको नै बिजयी हुने बताउनुभएको थियो ।