कतार विश्वकपका लागी जर्मनी छनोट

विश्वकप २०२२’ २१ नोभेम्वर देखि कतारमा सुरु हुनेछ !

एजेन्सी,असोज,२६-सन् २०२२ मा कतारमा हुने  फिफा विश्वकपको लागि जर्मनी पहिलो राष्ट्र बनेको छ । युरोपेली छनोटमा नर्थ म्यासेडोनियालाई ४–० ले पराजित गर्दै जर्मनी कतार विश्वकपमा छनोट हुने पहिलो टोली बनेको हो ।जर्मन सन् २०१४ को विश्वकप जित्ने देश हो । 

समूह ‘जे’ मा दुई चरणको खेल बाँकी रहँदै जर्मनीले अर्को वर्ष कतारमा हुने विश्वकपको लागि स्थान पक्का गरेको हो । जर्मनीले अब अर्मेनिया र लिचेस्टाइनसँग खेल्न बाँकी छ । यि दुवै खेलमा आर बेहोरेपनि जर्मनीलाई दोस्रोमा रहेको टोलीले भेट्न सक्ने छैन ।

समूहमा जर्मनीले ८ खेल खेल्दा ७ जित र १ हारको सामाना गरेको छ । जर्मनीले गत अप्रिलमा नर्थ म्यासेडोनियासँगै २–१ हो हार बेहोरेको थियो । हान्सी फ्लिकको प्रशिक्षणमा जर्मनीले विश्वकप छनोटको सबै पाँच खेलमा सफलता हासिल गरेको छ ।

हान्सी फ्लिक युरोकपपछि जर्मनीको प्रशिक्षक बनेका थिए । त्यसपछि जर्मनीले सबै खेल विश्वकप छनोटमै खेलेको थियो । त्यसअघि जोचिम लोको नेतृत्वमा जर्मनील कतार विश्वकपको छनोटको तीन खेल खेल्दा २ जित र १ हारको नतिजा निकालेको थियो ।

सोमबार राति जर्मनीको फराकिलो जितमा वेर्नरले दुई गोल गर्दा काई हाभर्टज र जमल मुसियालाले समान एक गोल गरे । घरेलु टोली नर्थ म्यासेडोनियाले पहिलो हाफमा बलियो जर्मनीलाई बराबरीमा रोक्न सफल भएपनि दोस्रो हाफमा रोक्न सकेन ।

५०औं मिनेटमा काई हाभर्टजको गोलबाट जर्मनीले खेलमा १–० को अग्रता लिन सफल भयो । उनले थोमस मुलरको पासमा गोल गर्न सफल भए । ७०औं मिनेटमा टिमो वेर्नरले गोल गर्दै जर्मनीको अग्रता दोब्बर पारे । वेर्नरले मुलरकै पासमा गोल गर्न सफल भएका थिए ।

त्यसको तीन मिनेटपछि नै वेर्नरले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै जर्मनीलाई सहज जिततर्फ अघि बढाए । उनले फ्लोरियन रिट्जको पासमा गोल गरेका थिए । ८औं मिनेटमा जमन मुसियालाले करिम यडियमीको पासमा गोल गर्दै जर्मनीलाई ४–० को फराकिलो जित दिलाए ।

यो जितसँगै समूह ‘जे’ मा जर्मनी ८ खेलबाट २१ अंक जोडेर शीर्षस्थानमा यथावत रह्यो । पराजित म्यासेडोनिया १२ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । रोमानिया ८ खेलबाट १३ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । अर्मेनिया १२ अंकसहित चौथो स्थानमा छ । आइसल्यान्डको ८ तथा लिचेस्टाइनको १ अंक छ ।

‘कतार विश्वकप २०२२’ २१ नोभेम्वर देखि १८ डिसेम्वर २०२२ सम्म कतारको विभिन्न स्टेडियममा हुदैछ । कतार आयोजकको रुपमा छनोट भइसकेको छ ।