ग्याँस नपाएपछि एक्लै आन्दोलन गर्ने पक्राउ

बाँके,माघ ६-ग्याँस नपाएपछि आक्रोशित एक यूवाले एक्लै टायर बालेर आन्दोलन गर्न खोजेपछि प्रहरीले उहाँलाई उक्राउ गरेको छ । सरकारले खाना पकाउने एलपी ग्याँसको मुल्य घटाएपछि नेपालगंजमा बिगत १ साता देखि ग्याँसको कृतिम अभाव रहेको छ ।

ग्याँस नपाएपछि अक्रोशित भएका सितापुरका रमेशबाबु ददेलले धम्बोझी चोकमा टायर बालेर आन्दोलन गर्न खोजेपछि पक्राउ गरिएको छ । प्रहरीले ददेललाई सम्झाईबुझाई गरी छाडिने बताएको छ । व्यवसायीहरुले कृतिम अभाव श्रृजना गरेपछि सर्वसाधारणहरु मारमा परेका छन् ।