राष्ट्रिय मानव अधिकार आयोगले नेपालगन्जमा अन्तरक्रिया गर्दै

डम्मर थापा मगर/

बाँके,कार्तिक,२१-

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठक नेतृत्वको टोलीले आज नेपालगन्जमा अन्तरक्रिया गर्दैछ । निर्वाचन गतिविधि, वातावरणमैत्री विकासलगायतका बिषयमा पाठक नेतृत्वको टोलीले

राष्ट्रिय मानव अधिकार आयोग

यहाँका सञ्चारकर्मी, मानवअधिकारकर्मी, सुरक्षा निकाय तथा निर्वाचन अधिकृतहरुसँग छलफल गर्न लागेको आयोगका निर्देशक मुरारी प्रसाद खरेलले जानकारी दिनुभयो ।

दिउँसो १ बजे आयोगकै कार्यालयमा छुट्टाछुट्टै छलफल कार्यक्रम आयोजना गरिएको छ । सम्वद्ध सरोकारवालाहरुसँगको अन्तरक्रिया भने भोली राखिएको आयोगका निर्देशक खरेलले वताउनुभयो ।