युवाहरुसँग होस हुन्न भन्नु गलत हो : रन्जु दर्शना

नेपालगन्ज, मंसिर,१५-

बिबेकशील साझा पार्टीले आज बाँकेका दुई वटा निर्वाचन क्षेत्रमा चुनावी सभा सम्पन्न गरेको छ । क्षेत्र नम्वर २ को नेपालगन्ज त्रिभुवन चोक र ३ को खजुरामा चुनावीसभाको आयोजना गरिएको हो । दुबै सभालाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य रञ्जु दर्शनाले हालसम्म नेतृत्व तहमा पुगेका दलहरुले जनअपेक्षाअनुसार काम नगरेपछि आफुहरु राजनितीमा आउनुपरेको बताएकी छन ।

देशलाई बदल्ने शक्ती बोकेको राजनितीलाई हालसम्म नेतृत्व गरेका दल र नेताहरुले दुःषित गरेपछि त्यो फोहोर पखाल्न आफुहरु आएको दर्शनाको जिकिर थियो । दर्शनाले युवाहरुको मोह विवेकशील साझा तर्फ बढ्दै गएको बताउँदै युवाहरुले नेतृत्व गर्न सक्दैनन भन्ने धारणा गलत भएको बताईन ।

दर्शनाले भनिन्, ‘युवाहरुसँग जोश हुन्छ होस हुँदैन भन्नु गलत हो । आजका युवाहरु प्रविधिको प्रयोग गर्न पोख्त छन्, सिप छ, जाँगर छ र उनीहरुलाई माटो सुहाउँदो सिद्धान्त के हो भन्ने पनि राम्ररी थाहा छ ।’ विवेकशील शाझाले देशको मेरुदण्ड मानिएको युवा शक्तीलाई प्रदेशीन नपर्ने वातावरण सृजना गरेरै छाड्ने अठोट दर्शनाको थियो ।

‘हामी बुढा बाआमा बिस्तरामा पल्टेका बेला औषधि आफ्नै हातले खुवाउन छोरो छेउमै होओस भन्ने चाहन्छौँ र त्यो अवस्था ल्याएरै छाड्छौँ’, उनले भनिन् । अहिले आएको व्यवस्था विकास र समृद्धिको यात्राका लागि पुर्णतया उपयुक्त भएको तर यसलाई प्रयोग गर्न नसकिएको भन्दै दर्शनाले अब विवेकशील शाझा पार्टिको नेतृत्वले सहि तरिकाले प्रयोग गर्ने बताईन् ।

पार्टीप्रर्ती ध्यान आकृष्ठ गर्न बिबेकशीलले पार्टीका केन्द्रीय संयोजक रबिन्द्र मिश्रलाई यसअघि नेपालगन्ज र कोहलपुरका चुनावीसभामा सहभागी गराएको थियो । चर्चित नेतृ दर्शनाको आगामनले बिबेकशील साझा पार्टीप्रति मतदाताहरुको झुकाप थप बढेर गएको पार्टिका उम्मेदवारले दाबि गरेका छन् ।