कैलालीको बर्दगोरिया र मोहन्यालको सीमानामा सुतली बम डिस्पोज

पवन मुडभरी/

बौनीया मंसिर, १५-

कैलालिको बर्दगोरिया र मोहन्याल गाउपालिकाको सिमानामा नेपाल आर्मीको टोलीले सुतली बम डिस्पोज गराएको छ । आज विहान ७ बजे फल्लेबिसौन जाने बाटोमा स्थानिएले संकास्पद बस्तु देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

सो संकास्पद वस्तु सुतली बम भएको र नेपाल आर्मीको टोलीले करिव ४ घण्टापछि डिस्पोज गरेको ईलाका प्रहरी कार्यालय बौनियाका प्रहरी निरिक्षक कलेन्द्र विक्रम शाहीले जानकारी दिनुभएको छ ।

उक्त सुतली बम मोहन्यालको फलेबिसौना जाने बाटोमा बौनिया बजार देखि करिब ५ किलोमीटर टाढा भेटियको प्रहरीले जनायको छ । बम कसले राखेको भन्ने बारे केही खुलेको छैन । चुनाव नजिकिए संगै कैलालीमा पनि चुनाव विरोधी गतिविधी बढिरहेका छन । हिजो मात्रै कैलालीको साढेपानीमा पनि बम फेला परेको थियो ।