मेस्सीको ५ गोल संगै इस्टोनियामाथि अर्जेन्टिनाको फराकिलो जित

एजेन्सी,जेठ,२३-अर्जेन्टिनाले इस्टोनियामाथि ५-० गोल अन्तरले जितेको छ।अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा अर्जेन्टिनाले आफूभन्दा निकै कमजोर टिम युरोपियन देश इस्टोनियामाथि फराकिलो जित निकालेको हो ।

आइतबार राती स्पेनको इएल सादार रंगशालामा भएको खेलमा कप्तान लिओनल मेस्सी एक्लैले ५ गोल गरेका हुन् ।

स्मरण रहोस्, फिफाको ताजा वरीयतामा अहिले अर्जेन्टिना चौथो स्थानमा छ भने इस्टोनिया ११०औं स्थानमा रहेको छ । यो टिम अर्जेन्टिनाभन्दा १०६ स्थान तल्लो वरीयताको टिम हो । यस्तो टिमविरुद्ध आज अर्जेन्टिनाका कप्तान मेस्सीले पूरै खेल कब्जामा राखेको थियो ।

खेलमा मेस्सीले आठौं मिनेटबाट गोलको खाता खोलेर ७६औं मिनेटमा पुग्दा गोल संख्या ५ पुराएका थिए ।

मेस्सीले पहिलो हाफमा १ पेनाल्टी गोल सहित २ गोल गर्दा ४७औं मिनेटमा ह्याट्रिक पूरा गरेका थिए भने ७६आौं मिनेटमा उनले व्यक्तिगत पाँचौं गोल गरेका थिए ।त्यपछि भने उनले २ गोलमा अवसर गुमाएका थिए ।उनका ५ गोल मध्ये १ पेनाल्टी गोल हो भने बाँकी ४ गोल ओपन प्ले गोल गरेका हुन् ।

योसँगै अन्तर्राष्ट्रिय खेलमा मेस्सीको गोल सङ्ख्या ८४ पुगेको छ । उनी सर्वाधिक गोलकर्ताको सूचीमा चौथो स्थानमा रहेका छन् । शीर्ष स्थानमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो रहेका छन् । उनको ११७ गोल रहेको छ ।