होलिल्याण्डका विद्यार्थीद्वारा १ दिनको खाजा खर्च बुद्धिमानलाई

नेपालगन्ज,फाल्गुन,१४-
नेपालगन्जको प्रतिष्ठित विद्यालय होलिल्याण्ड माविका विद्यार्थीहरुले बुद्दिमान कुवरलाई १ दिनको खाजा खर्च स्वरुप आर्थिक सहयोग गरेका छन।

कामको सिलसिलामा भारतको सिम्लामा करेन्ट लागेर २ हात र १ खुट्टा गुमाएका बाँके बैजानाथ गाउँपालिका वडा नम्बर ८ का बुद्धिमानलाई विद्यार्थीहरुले संकलन गरेर सहयोग गरेका हुन।

संकलित गरिएको नगद ३ हजार ७ सय ५५ रुपैयाँ बुद्धिमानको थप उपचारको लागि मंगलबार होलिल्याण्ड माविका कोअर्डिनेटर अनिल भन्डारिले पत्रकार तथा बुद्धिमान सहयोग कोष अभियान नेपालगन्जका संयोजक खगेन्द्र दाहाललाई हस्तान्तरण गर्नु भएको हो।

बुद्धिमान यति बेला थप उपचारको लागि काठमाडौंमा रहेका छन। छिट्टै संकलित सम्पुर्ण रकम बुद्धिमानलाई हस्तान्तरण गर्ने नेपालगन्जका संयोजक दाहालले बताउनु भयो।