ओखलढुंगामा १० हजार ७ सय मतदाता थपिए

सिर्जना बर्देवा /
ओखलढुंगा ,कात्तीक,२१-
आउदो प्रदेशसभा र प्रतिनिधीसभाको चुनावमा १ लाख २ हजार २ सय ६३ जना मतदाताले मतदान गर्न पाउने भएका छन् । फोटो सहितको मतदाता नामावलि संकलन तथा अधावधिक गरिएपछि मतदाताको संख्यामा वृद्धि भएको हो । स्थानिय तह निर्वानमा ९१ हजार ५ सय ८ जना मतदाताले आफनो मताधिकार सुरक्षित गरेका थिए ।

जिल्ला निर्वाचन कार्यालयले जिल्ला कार्यालय बाट स्थानिय तहको केन्द्र मै पुगेर मतदाता नामावली तथा अधावधिक गरेपछि अहिले १० हजार ७ सय मतदाता थपिएका हुन् । थपिएका मतदाताले आउदो मंसिर पहिलो चरणमा हुन लागेको प्रदेशसभा र प्रतिनिधीसभा निर्वाचनमा आफनो मताधिकार प्रयोग गर्न पाउने भएका छन् ।

ओखलढुगांमा पुरुष मतदाता भन्दा महिला मतदाताको संख्या बढि रहेको छ । जिल्लामा महिला मतदाताको संख्या ५१ हजार २ सय ६७ रहेको छ भने पुरुषको संख्या भन्दा यो संख्या २ सय ६७ संख्याले बढि रहेको छ ।