निर्वाचनमा कर्मचारीले मतदान गर्न नपाउने

काठमाडौं,मंसिर,८-

सर्वाेच्च अदालतले कर्मचारीको मतदान गर्ने अधिकारको रक्षा गर्न भने पनि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा खटिएका झण्डै पाँच लाख कर्मचारीले मतदान गर्न नपाउने भएका छन् ।

महान्यायाधिवक्ताको कार्यालयमा कार्यरत नायब सुब्बा भरतकुमार मैनालीले संविधान र अन्य ऐनकानुनको व्यवस्थाअनुसार कर्मचारी र राष्ट्रसेवकलाई समानुपातिक मतदानको अधिकार दिन माग गर्दै रिट दायर गरेका थिए । आजको हिमालय टाइम्समा खबर छ ।