भीम रावलले पहिले केपी ओली राष्ट्रघाती भन्न सक्नुपर्‍यो : गगन थापा

काठमाडौं,फागुन,८-नेपाली कांग्रेसका महामन्त्री गगन थापाले झलनाथ खनाल, भीम रावल र देव गुरुङले एमसीसीलाई राष्ट्रघाती भन्ने नैतिक हैसियत नराख्ने टिप्पणी गर्नुभएको छ ।

विगतमा खनाल, रावल र गुरुङ नै सांसद रहेको पार्टी नेकपा नेतृत्वको सरकारले संसदमा दर्ता गराएको प्रस्तावलाई राष्ट्रघाती भन्नुपूर्व आफैंलाई राष्ट्रघाती घोषणा गर्नुपर्ने थापाले प्रष्ट गर्नुभयो ।

ओली नेतृत्वको सरकारले नै एमसीसी संसदमा दर्ता गरेको सम्झाउँदै थापाले त्यसोभए ‘भीम रावलले पहिले केपी ओली राष्ट्रघाती भन्न सक्नुप¥यो’ भन्नुभयो । देव गुरुङजीले दाहाल र झलनाथ खनालले माधव नेपाललाई राष्ट्रघाती मुर्दावाद भन्न सक्छन् उहाँको प्रश्न थियो ।एमसीसी संसदमा टेबल हुनुले सार्वभौम संसदले निर्णयको अधिकार पाएको भन्दै महामन्त्री थापाले कसैले पनि द्वैध चरित्र देखाउन नहुने बताउनुभयो ।

सरकारमा बसेर सरकारले ल्याएको प्रस्तावको विरुद्धमा उभिनु आपत्तिजनक भएको उहाँको भनाइ थियो । केपी ओली नेतृत्वको सरकारले संसदमा दर्ता गरेकोले मतदानको बेलासम्म एमाले एमसीसीका पक्षमा उभिने विश्वास उहाँको थियो ।ईमेजबाट