रियल म्याड्रिडका फरवार्ड करिम बेन्जिमालाई बालोन डि ओरको अवार्ड

बेन्जिमालाई बालोन डि ओर अवार्ड काठमाडौं,कार्तिक,१-रियल म्यड्रिडका फरवार्ड करिम बेन्जिमाले विश्व प्रसिद्ध बालोन डि ओरको अवार्ड प्राप्त गरेका छन् ।

बेन्जिमाले गत सिजन गरेको प्रर्दशनका आधारमा फ्रान्सेली खेलाडी बेन्जिमाले बालोन डि ओरको अवार्ड हात पारेका हुन् । 

 

उनी पहिलो पटक विश्वको उत्कृष्ट वर्ष खेलाडी चुनिएका छन् । बेन्जिमाको ४६ खेलमा ४४ गोलको सहयोगमा रियल मड्रिडले च्याम्पियन्स लिग र ला लिगाको उपाधि हात पारेको थियो । 

लियोनल मेस्सीले ७ र क्रिस्टियानो रोनाल्डाले ५ पटक यस अवार्ड हात पारेका छन् । 

गत सिजन लिभरपुलमा रहेका साडियो माने दोस्रो र म्यानचेस्टर सिटीका केभिन डि ब्रुईन तेस्रो भए । 

‘मैले निकै कठिन समय बिताए । मेरा लागि र परिवारका लागि यो मानसिक रुपमा निकै चुनौती थियो । तर मैले निरन्तर काम गरे । मैले कहिल्यै हार मानिन । जिदान र रोनाल्डो मेरा आदर्श हुन् ।’ बेन्जिमाले अवार्ड हात पारेपछि भनेका छन् ।  

बार्सिलोनाकी एलेक्सिया पुटेलसले सन् २०२२ को सर्वश्रेष्ठ महिला फुटबलरको अवार्ड प्राप्त गरिन् । इङ्ल्याण्डलाई युरो कप जिताउने आर्सनलकी फरवार्ड बेथ मिड दोस्रो स्थानमा रहिन् ।

बालेन डि ओरको ६ विधामा मनोनयनमा परेको म्यानचेस्टर सिटी वर्षको उत्कृष्ट क्लब घोषित हुदाँ लिभरपुल दोस्रो स्थानमा रह्यो । 

गत वर्ष गरेको प्रर्दशनमा आधारमा बालोन डि ओरको विजेता घोषणा गरिएको हो ।