सबैले हेर्नै पर्ने “बाबाको” गित( भिडीयो सहित )

फुकुओका,जापान,मंसिर,२७-

नेपाली लोक संगितको बजारमा आजभोली नयाँ नयाँ गित आईरहेका छन् । केहि दिनअघि मात्र एउटा यस्तो गित सार्वजनीक भएको छ । जुन गित अन्य गित भन्दा विल्कुलै फरक छ । पछिल्लो समय हरेक गितमा केबल युवा यूवतीले गर्ने मायाका कुरामात्र समेटेर गित निर्माण गरिएको पाईन्छ ।

तर : यसपाली भने नेपाली गित संगितको बजारमा “बाबा बोलको ” गित सार्वजनीक भएको छ ।जुन गितमा “बुवा आमाको महत्वपुर्ण मायालाई दर्शाएको पाईन्छ । 

बास्तवमा नेपाली लोक संगितको बजारमा संयौ कलाकार मध्य फरक प्रस्तुती दिएर आफूहरुलाई फरक भुमीकामा उभ्याउन सक्ने  तिनै सर्जक र गायक हुन् पुरुषोत्तम सिग्देल र माधव सिग्देल  ! तनहुँ भिमाद नगरपालिका १ किहुँमा घर भई विगत केहि बर्ष पहिले मात्र रोजगारीको शिलशिलामा जापान पुग्नु भएका सिग्देल द्धय गायन क्षेत्रमा भने प्रवासमा रहेर पनी निरन्तर लागीरहेका छन् । 

सिग्देल द्धयको दाजुभाईले हाल सम्म दर्जन भन्दा बढी गित बजारमा  ल्याइसकेका छन् । हालै केहि दिन मात्र अघि यूटु्व मार्फत सार्वजनीक गरिएको  बाबा बोलको” गितमा भने बुवाको दु:ख पिडा र महत्वपुर्णलाई दर्शाईएको छ । एउटा भनाई छ !  मातृ देवो भव । पितृ देवो भव ।। गुरु देवो भव ।। आर्थात : बुवा ,आमा , गुरु सबै भगवान हुन् ।

“मलाई लाग्छ संसारमा हरेक बिहान बिस्तारै गएर एउटा साँझमा रुपान्तरित हु्न्छ, उदाएका सुर्य अस्ताउने अवस्य रित छ, यिनै दिन र साँझको क्रमसंगै जिवन बढ्दै गएर कहिले बुवा त कहिले छोरा, अहिले आमा त कहिले छोरीको भुमीका निर्वाह गर्ने क्रम चलिरहन्छ ।”

हामीलाई तोते बोली बोल्दै ती लरबरिएका हाम्रा पाईला चाल्न ताते ताते गरेर हिडँन सिकाउने, हाम्रो जिवन सजाउन अहोरात्र खटेर हामीलाई कर्म र सुरक्षा दिने बुवा ! शायद शब्दले व्याख्या गर्न सकिन्न, तिनै बुवाआमाको बुढेसकालको बलीयो लठ्ठी बन्नलाई हामीले धेरै कडा परिश्रम गरिरहेका हुन्छौ । 

“हरेकका बुवाआमा यी छोराछोरी पढ्लान, कमाई गर्लान, बाल्यकाल छदा, रुँदा फकाएर, माया गरेर हुर्काएका छोराछोरीले पछि हुर्किएर आफूँलाई बुढोपनमा राम्रो संग पालन पोषण गर्लान भन्ने सबैको बुवाआमाले आपेक्षा राख्छन् । 

त्यसैले बुवाआमा प्रतीको आदर, सत्कार र सामिप्यताको गुणगान हरेक आयामबाट गरेपनी हामीले आफ्ना बुवाआमाका भौतीक, भावानात्मक, जैविक सपनाका अंशहरु पुरा गर्नु पर्छ भन्ने भावनामा अभिप्रेरित कुरा हामीले यस “बाबा बोलको”  गितमा पाउछौं ।

त्यसैले कुनै पनी कुरा भुगोलले, स्नेह र सम्झनालाई कैद गर्न सक्दैन् ।यदि तपाई पनी कुनै हिउँको कठ्याग्रीदो चिसो ठण्डीमा हुनुहुन्छ, हावा हुरी बतासमा हुनुहुन्छ, मरुभुमीको गर्मीमा हुनुहुन्छ, समुद्रका तटमा हुनुहुन्छ, या नेपालकै अवसरहरु संग पैठेजोरी खेल्दैहुनुहुन्छ, स्मरण रहोस् कलाकार द्धय सिग्देलका दाजुभाईले जस्तै जन्मदिने बुवाआमालाई बाल्यकालका यादहरु सम्झेर आफू रहेपनी माया, स्नेह गरि मुस्कुराउने बनाउनुहोस्  ।

त्यसैले एक पटक “बाबा बोलको” गित अवश्य सबैले हेर्नुहोला । गितको भिडीयो हेर्नका लागी तल दिएको लिंकमा क्लिक गर्नुहोस् ।

प्रवासी म्युजिकको प्रस्तुति रहेको यो ‘बाबा बोलको ’ गीतको लय तथा शब्द संकलन पुरुषोत्तम सिग्देलले गर्नु भएको हो, भने उक्त गितमा माधब सिग्देलको एकल आवाज रहेको छ, भने  संगीत सागर विरहीको रहेको छ, यस्तै गीतको भिडियो प्रकाश भट्टले निर्देशन गरेका छन् भने राजेश घिमिरेको छायांकन रहेको छ । बिष्णु शर्माद्वारा सम्पादन गरिएको यो गितको भिडियो साई भिजन प्रालिले दृश्य निर्माण गरेको हो । यो गितमा नारायण प्रसाद उपाध्याय, देवका उपाध्याय, नरनाथ सिग्देल, चिनमायाँ सिग्देल, पुरुषोत्तम सिग्देल र अचित सिग्देलले अभिनय गरेका छन् । 

यो गित नेपाली गित संगितको बजारमा बढी भन्दा बढी चर्चित बनोस्, सबैको मन मुटुमा बस्न सफल रहोस् कलाकार द्धयलाई बिहानी अनलाईन परिवारको तर्फबाट धेरै धेरै शुभकामना छ ।।