३९ जना विपन्न बिद्यार्थीहरुलाई शैक्षीक सामाग्री प्रदान

नेपालगञ्ज,मंसिर,२७-
आर्थिक अवस्था कमजोर भएका बिभिन्न बिद्यालयमा अध्ययनरत ३९ जना बिद्यार्थीहरुलाई बिहीवार शैक्षिक सामग्री प्रदान गरिएको छ ।नेपालगञ्जका बिभिन्न बिद्यालयमा अध्ययनरत ३९ जना बिपन्न तथा अनाथ बालबालिकालाई बिहीबार एक समारोहकाबीच पौरखी बहुद्देस्यीय सहकारी संस्था लिमिटेडले शैक्षिक सामाग्री बितरण गरेको हो ।

बालबालिकाहरुलाई शैक्षिक सामाग्री प्रदान गर्दै नेपालगञ्जकी उपमेयर उमा थापा मगरले बिभिन्न संघ संस्थाहरुले आफुखुसी सहयोग प्रदान गर्दै आएको भएपनि आवश्यकता भएका बालबालिकाहरुको पहिचान गरी सहयोग प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले धेरै जसो बालबालिकाहरुले पटक पटक सहयोग पाईरहेको देखिएकाले कोहि नछुटुन, कोहि नदोहरिउन भन्ने उद्देश्यले आवश्यक भएका बालबालिकालाई सहयोग प्रदान गर्नुपर्ने बताउनुभयो ।

सेफ द चिल्ड्रेन तथा सामाजिक बिकास मंच बाँकेको सहयोग र सहकार्यमा आफ्नो वार्षिक कार्ययोजना अनुरुप नै शैक्षिक सामाग्री बितरण गरिएको सहकारीका अध्यक्ष हरि प्रसाद तिमिल्सेनाले जानकारी दिनुभयो । उहाँका अनुसार सहकारी प्रत्येक वर्ष यस्तो सहयोग प्रदान गर्दै आएको छ । त्यस्तै बाँकेको खजुरा गाउँपालिका वडा नं.–४ डि गाउँकी प्रतिमा शर्मालाई एमबिबिएस अध्ययनका लागि सहकारीले ११ हजार एक सय सहयोग गरेको छ ।

शर्माका परिवारबाट कसैको उपस्थिति हुन नसकेकाले उक्त रकम बराबरको चेक उपमेयर थापाले सहकारीका प्रतिनिधिलाई प्रदान गर्नुभएको थियो । सहकारीका उपाध्यक्ष शान्तिराज रेग्मी, कोषाध्यक्ष दुर्गा प्रसाद अधिकारी, सामाजिक बिकास मंचका कार्यक्रम अधिकृत कृष्ण प्रसाद थारु लगायतले बिद्यार्थीहरुलाई सामाग्री प्रदान गर्नुभएको थियो ।