नेपाली राष्ट्रिय यू-१६ फुटबल टिम जोर्डन प्रस्थान

काठमाडौं,भाद्र,२६-

एएफसी यू–१६ च्याम्पियनसिप छनोट प्रतियोगितामा सहभागिता जनाउन नेपाली राष्ट्रिय यू-१६ फुटबल टिम जोर्डन प्रस्थान गरेका छन् ।प्रतियोगिताको लागि २३ खेलाडीसहित ३१ सदस्सीय नेपाली टोली बिहिबार विहान त्यसतर्फ प्रस्थान गरेका हुन् । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाले बुधबार नै विदाई गरेको थियो ।

प्रतियोगिताको लागि मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले भारतमा आयोजना भएको साफ यू–१५ उपविजेता टिमबाट ३ खेलाडीलाई बाहिर राख्दै नेपाली टोलीको घोषणा गरिसकेका छन् । प्रशिक्षक श्रेष्ठले कप्तान प्रदिप लम्सालसँगै गोलरक्षक ईश्वर गुरुङ र अशिम राईलाई उमेर बढी भएको कारण टिम बाहिर राखेका छन् ।

सन् २०२० मा आयोजना हुने च्याम्पियनसिपको छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा आयोजक जोर्डनसँगै कुवेत, ताजकिस्तान र श्रीलंका रहेका छन् ।

नेपालले शनिबार जोर्डनको सामना गर्दै प्रतियागिताको सुरुवात गर्नेछ । यस्तै दोस्रो खेल भदौ ३० गते कुवेतसँग खेल्नेछ । तेस्रो खेलमा असोज ३ गते ताजकिस्तानको सामना गर्दा नेपालले अन्तिम खेल असोज ५ गते श्रीलंकासँग खेल्नेछ । प्रतियोगिताको शीर्ष टोलीले दोस्रो चरणमा स्थान बनाउने छन्  । साभार खेलपाटीबाट 

नेपाली टिम :

गोलरक्षक : मनोज दहाल, जेनियस के सी, पथ्थुहाङ नेम्वाङ

डिफेन्डर : अजय चौधरी, अभिषेक आईवा, जान लिम्बु, रोशन थापा, प्रज्ञान महर्जन, प्रमिश गुरुङ, आमीर हमिद

मिडफिल्डर : नितेश श्रेष्ठ, क्रिष्टल शाक्य, जन्मे जय धामी, विपिन तुम्सिङ मगर, महित गुरुङ, निराजन मल्ल, अनिल चौलागाई, निराजन खत्री

स्ट्राइकर : सशांक बोहरा, सुजन जिमी, कृष्ण अधिकारी यादव, कृष सापकोटा, दिपेश राई