काबुल विस्फोट अपडेटःमृतकको संख्या १०३ पुग्यो,बढ्ने क्रम जारी

२८ जना तालिबानी मारिए !! मृतकको संख्या बढ्ने क्रम जारी छ

काबुल विस्फोट अपडेटः मृतकको संख्या १०३ पुग्यो, २८ जना तालिबानीकाठमाण्डौं,भदौ,११-अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलनजिक भएका बम विस्फोटमा परी मृत्यु भएकाको संख्या १०३ पुगेको छ। 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हमलामा ९० जना अफगानी नागरिक र १३ जना अमेरिकी सेनाको मृत्यु पुष्टि भएको हो। घटनामा १ हजार ३३८ जना घाइते भएका छन्।

मिडिया रिपोर्टका अनुसार मृत्यु भएका ९० जना अफगानमा २८ जना तालिबानी छन्, जो विमानस्थलबाहिर तैनाथ थिए। मृतकको संख्या बढ्ने क्रम जारी छ। 

बिहीबार साँझ विमानस्थलनजिकै दुई स्थानमा लगातार बम विस्फोट गराईएको थियो।अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अनुसार बम हमलाको जिम्मेवारी आतंकवादी संगठन आईएसआईएसको खुरासन ग्रुपले लिएको छ। 

यही अगस्ट १५ का दिन तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेपछि असुरक्षा महसुस गरी ठूलो संख्यामा त्यहीँका तथा अन्य मुलुकका नागरिक त्यहाँबाट बाहिरिइरहेका छन्।

यसैकारण काबुलको विमानस्थलमा दैनिक विमान चढ्नेहरूको भीड लागिरहेको छ। यही क्रममा त्यहाँ बम आक्रमण गरिएको हो।