खजुरामा मैतिपुर्ण प्रतियोगिता,नेपालगन्जमा होलि विशेष कार्यक्रम सम्पन्न

नेपालगन्ज,चैत्र,०७
होलिको अवसर पारेर आठौ राष्ट्रिय खेलकुद प्रचार प्रसार उपसमितिले नेपालगन्जमा आयोजनामा होली उत्सव र खजुरामा मैत्रीपुर्ण फुटबल प्रतियोगिता सम्पन्न गरेको छ ।

नेपालगन्ज रङ्गशाला परिसरमा सदभाव पुर्ण होली उत्सव मनाएको उपसमितिले खजुरामा भने मैत्रिपुर्ण फुटबल प्रतियोगिता गरेको हो।

नेपालगन्ज रङ्गशालामा आयोजित सदभाव होली कार्यक्रममा बोल्दै मध्यपश्चिम खेलकुद विकास समितिका अध्यक्ष भिम वलिले होलीको रङ्ग सगै आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता पनि कलरफुल हुने बताउनुभयो ।

अध्यक्ष वलिले होली सकिए सगै प्रतियोगिता नहुने होकि भन्ने आसङखा भए रङ्ग सगै पखालिने विश्वास व्यक्त गर्नुभयो । आठौ राष्ट्रिय खेलकुदको तयारीका लागी पनि दिनभर हिजो अस्ती जस्तै बराबर रुपमा काम भएको राष्टिय खेलकुद परिषदले जनाएको छ ।

कार्यक्रममा सायित्यकार, डाक्टर , व्यापारी, खेलकुद प्रेमि तथा कर्मचारी लगाएतको बाक्लो उपस्थिती रहेको थियो । उता बाँकेको खजुरामा सन्चालित पत्रकार र स्थानिय आदर्श युवा बचत समुह विच भएको मैतिपुर्ण फुटबल प्रतियोगितामा पत्रकारको टिमलाई ७–२ का अन्तरले हराउदै आदर्श युवा बचत समुह विजय भएको थियो ।

प्रतियोगितामा जित हासिल गर्ने समुहले नगद रु ५ हजार प्राप्त गरेको थियो । वडा नम्बर ४ का वडाध्यक्ष तिलकविर सुनारले रेफ्रीलाई नयाँ बल दिएर सदभावमय मैतिपुर्ण फुुुुटबल प्रतियोगिताको सुरुवात गर्नुभएको थियो भने प्रतियोगिताका विजयता समुहलाई खजुरा गाउँपालिका वडा नं ३का वडाध्क्ष कान्तुराम गौतमले अविर सगै नगद हस्तान्तरण गर्नुभएको प्रतियोगिताका संयोजक खगेन्द्र दाहालले जानकारी दिनुभयो ।

प्रतियोगिता सकिए लगतै अङमाल गर्दै होलि खेलेर एक आपसमा शुभकामना आदान प्रदान गरेका थिए ।