फिफा वरियतामा नेपाल यथावत : बेल्जियम शीर्ष स्थानमा

काठमाडौं,पुस,३-

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको नयाँ वरियतामा नेपाल यथावत रहन सफल भएको छ ।फिफाले बिहिबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत रहदै १ सय ७० औं स्थानमा रहेको हो ।गत महिना पनि नेपाल १ सय ७० औं स्थानमै रहेको थियो । गत महिना भने नेपाल तीन स्थान झरेको थियो ।

 

दक्षिण एसियाली देशको वरियतामा नेपाल तेस्रो स्थानमा रहेको छ ।नेपाल भन्दा माथि भारत १ सय ८ र माल्दिभ्स १ सय ५५ औं स्थानमा रहेको छ ।नेपाल भन्दा तल बंगलादेश १ सय ८७, भुटान १ सय ८९, पाकिस्तान २ सय १ र श्रीलंका २ सय ५ औं स्थानमा रहेको छ ।

विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा यथावत रहेका छन् । यस्तै फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इंग्ल्याण्ड चौंथो र उरुग्वे पाँचौ स्थानमा रहेको छ ।यस्तै क्रोएसिया, पोर्चुगल, स्पेन, अर्जेन्टिना र कोलम्बिया क्रमश छैटौं देखि दशौँ स्थानमा रहेको छ ।खेलपाटीबाट