खोटाङमा मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि तालिम सुरु

सिर्जना बर्देवा/
ओखलढुंगा मंसिर १-
आगामी मंसिर १० गतेका लागि तोकिएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि खोटाङका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि तालिम सुरु गरिएको छ । जिल्लामा मतदानस्थलको तयारी, मतदान प्रकृया एबं मतगणना सम्वन्धी जानकारी दिनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि तालिम सुरु गरिएको हो ।

जिल्लाको ऐसेलुखर्क, केपिलासगढी, दिप्रुङ, खोटेहाङ, बराहपोखरी र जन्तेढुंगा गाउँपालिकाभित्रका ९२ मतदान अधिकृत र ९२ सहायक मतदात अधिकृतका लागि शुक्रबार र शनिबार तालिमको आयोजना गरिएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताउनुभयो ।

बाँकी रहेका रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, लामीडाँडा गाउँपालिका र साकेला गाउँपालिकाका मतदात अधिकृत र सहायक मतदात अधिकृतलाई मंसिर ३ र ४ गते तालिम दिइने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । ७९ वडा रहेको खोटाङमा मंसिर १० गते हुने निर्वाचनका लागि जिल्लामा १ सय ३६ मतदानस्थल र १ सय ७९ मतदान केन्द्र तोकिएका छन् ।