जिल्ला ट्राफिक प्रहरी ओखलढुंगाद्धारा कात्तिक महिनामा मात्रै डेढ लाख बढी राजश्व संकलन

 सिर्जना बर्देवा/
ओखलढुंगा मंसिर १-
ओखलढुंगामा जिल्ला ट्राफिक प्रहरी पोष्ट रमाईलोडाडाले कात्तिक महिनमा मात्रै डेढ लाख बढी राजश्व संकलन गरेको छ । प्रहरी पोष्टका अनुसार कात्तिक महिनामा १ लाख ६८ हजार रुपौया राजश्व संकलन गरिएको हो ।

जिल्ला भित्र तथा जिल्ला बाहिर चल्ने साना ठुला सवारीसाधनले ट्राफिक नियम बापतको सामान्य निमय समेतको पालना नगर्दा कारबाहिमा परेको ट्रफिक जवान शम्भु कुमार श्रेष्ठले बताए । यस अवधिमा २ सय ४९ ओटा सवारीसाधन कारबाहिमा परेका छन् ।

जसमा सबैभन्दा धेरै जिप १ सय २४ ओटा कारबाहिमा परेको श्रेष्ठले बताए ।त्यस्तै ट्रक ६२ ओटा,बस २४,ट्याक्टर १३,मोटरसाईकल २६ गरी जम्मा २ सय ४९ सवारी साधन कारबाहिमा परेका हुन् ।

सामान्य ट्राफिक नियम बपतका हेल्मेट नलगाएका,मादक पदार्थ सेवन गरी सवारी साधन चलाएका,सिट क्षमताभन्दा बढि यात्रु बोकेका,प्रयोजन बिपरित सवारीसाधन चलाएका र छतमा यात्रु राखेका बाकेका सवारीसाधन कारबाहिमा परेको श्रेष्ठले बताएका छन् ।