शेरबहादुर र उषाकला ओलीलाई छोडी प्रचण्ड-माधव समूहमा फर्किए

फाईल तस्विर !!

काठमाडौं,पुष,९-नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय सदस्य तथा पूर्व-कानुनमन्त्री शेरबहादुर तामाङ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको बैठकमा फर्किनु भएको छ ।

नेता तामाङ सोमबार प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको सांसदहरूको बैठक र मंगलबार केन्द्रीय सदस्यहरुको बैठकमा जानु भएको थियो । 

‘केही दिन प्रधानमन्त्री ओली पक्षको बैठकमा सहभागी हुनुभएको थियो। तर, आजबाट प्रचण्ड पक्षको बैठकमा सहभागी भएको बताउनुभयो । ‘केही दिन ओली पक्षको बैठकमा सहभागी भए पनि त्यस्तो परिस्थिति बनेन त्यसैले अध्यक्ष दाहाल पक्षको बैठकमा जाने निर्णय गरेको उहाले बताउनुभयो।

‘दुवै पक्षको शीर्ष नेताहरूप्रति मेरो सम्मान छ। तर, मुलुकमा जुन खालको परिस्थिति सिर्जना भयो। जनता र पार्टीको हितमा छैन’ उनहांले भन्नुभयो, ‘तर, पनि अझै एकताको पक्षमै छु।’

पार्टी आधिकारिक रूपमा नफुटेको भए पनि अध्यक्ष दाहाल पक्षको बैठकमा आएको बताउनुभयो। नेता तामाङ सिन्धुपाल्चोक प्रतिनिधिसभा २ बाट निर्वाचित सांसद हुनुहुन्छ ।

यस्तै : उहाकि पत्नी उषाकला राई पनि प्रतण्ड पक्षतिर लाग्नु भएको छ । उहां प्रदेशसभा सदस्य समेत हुनुहुन्छ ।उहालाई यस अघि ओली समूहले केन्द्रीय सदस्य बनाएको थियो । उहांले केन्द्रीय सदस्य पद अस्वीकार गर्दै प्रचण्ड पक्ष तिर लाग्नु भएको हो ।