दोलखा,बैशाख,३०-स्थानीय तहका ७ सय ५३ वटै स्थानमा आज (शुक्रबार) बिहान ७ बजेदेखि मतदान सुरु भएको छ ।
तर दोलखाको बैत्यश्वरमा मतदानको क्रममा दुई पक्षबीच झडप भएपछि प्रहरीले हवाई फायर गरेको हो ।दुई पक्षबीच झडसँगै बुथ कब्जा गर्न खोजेपछि तनाव उत्पन्न भएको छ ।
मतदाता आउने बाटो नै अवरोध गरेका कांग्रेस, एमाले कार्यकर्ताले मतदान केन्द्रमा समेत ढुंगामुडा गरेका छन्। स्थानीय तह निर्वाचनका क्रममा दुई पक्षीय झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले चोली चलाएको हो ।
यद्यपि कुनै मानवीय क्षति भने भएको छैन । मतदानका क्रममा झडप भएपछि हवाइ फायर समेत गरेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ । झडप नियन्त्रण गर्न दुई पटक हवाइ फायर गरेपछि अहिले पुनः मतदान सुरु भइसकेको छ।
सुरक्षा चुनौती मध्यनजर गर्दै बैत्यश्वरमा थप प्रहरी परिचाल गरिएको जिल्ला प्रशासन कार्यालय दोलखाले बताएको छ ।