मगर संघ क्षेत्रीय समिति गुन्मा जापानको माघे संक्रान्ती कार्यक्रम भव्य रुपमा सम्पन्न

टोकियो,माघ,२६-गुन्मा केनमा माघे संक्रान्ती कार्यक्रम सम्पन्न भएको छ।नेपाल मगर संघ जापानको केन्द्रिय समिती र गुन्म केनको क्षेत्रीय समितीको संयुक्त आयोजनामा भएको माघे संक्रान्ति विशेष साँस्कृतिक साँझ कार्यक्रम आज शनिबार सम्पन्न भएको हो।

गुन्मामा माघे सक्रान्ती कार्यक्रम सफलता पुर्वक सकिएको नेपाल मगर संघ क्षेत्रीय समिती गुन्मा केनका अध्यक्ष बालकृष्ण पुर्जा मगरले जानकारी दिनुभयो।

कार्यक्रममा विभिन्न संघ संस्थाका अध्यक्ष लगायत प्रतिनिधीको उपस्थिती रहेको र उहाँलेहरुले छोटो मन्त्व्य राख्दै माघि पर्वको शुभकामना दिएका थिए।

कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चीत राष्ट्रीय कलाकार देविराम राना मगर, चेतन घर्ती, रचना राना मगरले उपस्थित दर्शकलाई झुमि झुमि नचाएका थिए।

यस्तै : नृत्यमा ट्रश्मी गर्बुजा मगर लगायत स्थानीय कलाकारहरुमा गोबिन फगामी मगर, सोनि कुमारी थापा मगर, सविना थापा मगर,सेन्जिला पुर्जा मगर, सुजना गरन्जा मगर, भिम आले मगर, सोनीया आले मगर, मेन्जीला आले मगर, करिना पुन मगर, रुपेश राना मगर, अशोक राना मगर, सरोज मगर लगायतले विजोड नृत्य प्रस्तुत देखाएका थिए।

उक्त कार्यक्रम गुन्मा केनको ब्राजिलियन प्लाजा वर्ल्ड टाउन, ओइजुमी मा दिउँसो १२ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन भएको थियो।

बाँकि समाचार अपडेट हुँदै