
टोकीयो,जापान,फाल्गुन,१८-जापानको आईची प्रिफेक्चरको नागोया शहरमा“तेस्रो यूनीटी एफसी फुटसल कप”हुने भएको छ ।
यूनिटी एफसीको आयोजनामा हुन लागेको उक्त फुटसल प्रतियोगीता अप्रिल २९ तारीख (बैशाख १६) गते शनिवारका दिन नागोया शहर स्थित हिगासीकोसासा ६० कोशिदोचो टोयोटा भन्ने स्थानमा हुने क्लवका खेलाडी च्याङ्बाले बिहानी अनलाईनलाई जानकारी दिनुभयो।
उहाँका अनुसार “स्वास्थ्यको लागि खेलकुद” भन्ने मुल नारासहित प्रतियोगीताको आयोजना गर्न लागेको बताउनुभयो ।
उक्त प्रतियोगीतामा विजेता टिमले ३ लाख ५० हजार जापानीज येन यस्तै उपविजेता हुने टिमले १ लाख ७० हजार जापानीज येन सहित ट्रफी,मेडल र प्रमाणपत्र पाउने छन् ।
प्रतियोगितामा उच्च गोल स्कोरर गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डेर,उत्कृष्ट गोल रक्षक यस्तै उत्कृष्ट टिम म्यानेजर सबैले पाँच पाँच हजार जापानीज येन र ट्रफि सहित मेडल पाउने छन् ।
प्रतियोगितामा सहभागी हुने टिमले दर्ता शुल्क बापत ३५ हजार जापानिज येन जम्मा गर्नु पर्नेछ।उक्त रकम युनिटी गाईज नोगोया नाम रहेको जेपि बैंकको खाता नम्बर १२२५०-३३४०८५९१ मा जम्मा गर्नु पर्नेछ।अप्रील १५ तारिख भित्र टिम दर्ता गराईसक्नु पर्नेछ।
उक्त प्रतियोगितामा सहभागिता जनाउने टिममा कम्तिमा १० जना एक जना कोच र म्यनेजर सहित हुनुपर्ने आयोजकले जनाएको छ।
यसैगरी जापानमा रहेका नेपाली संघ,संस्था,क्लव लगायत सबै जापानबासी खेलप्रेमीलाई प्रतियोगीतामा सहभागी भैईदिन आयोजकले आग्रह पनि गरेको छ।
यस्तै प्रतियोगीताको बारेमा सम्बन्धीत व्यक्ती संग सिंधा सम्पर्क गरि बुझ्नु परेमा तल दिएको सम्पर्क नम्बरमा फोन गरी बुझ्न सक्नु हुनेछ ।
आयोजक टिम
ईशान : ०८०-५१०१-०७६०
पाईजा : ०९०-९४७८-१६३२
राजु : ०८०-४८४३-८२७२
खेल हुने स्थान : 愛知県豊田市越戸町東古笹−60(Higashikosasa-60 Koshidocho,Toyota,Aichi) (0565430506)