छक्का पञ्जा २ को टेलर रिलिज

इन्द्र कार्की /
महेन्द्रनगर,भाद्र,२२-

बहुप्रतिक्षित चलचित्र छक्का पञ्जा २ को टे«लर सार्वजनिक गरिएको छ । अभिनेत्री तथा निर्देशक दिपाश्री निरौला निर्देशित छक्का पञ्जा कै सिक्वेल रुपमा हेरिए पनि छक्का पञ्जा कै निरन्तरता नभई नितान्त फरक कथावस्तु मा वनेको चलचित्र हास्यप्रदान रहेको निमार्ण पक्षको दावी छ ।

वुधवार साँझ ६ वजे ५ मिनेटको शुभ मुहूर्त पारी सार्वजनिक गरिएको टे«लरले २४ घण्टा नवित्दै युटयुवमा ५ लाख १० हजार भ्युयर्स पाइसकेको छ भने १० हजार भन्दा वढि लाइक वटुलेको छ (रिपोर्ट तयार पार्दा सम्म) ।

हाइलाइटस नेपालको युटुव च्यानल वाट सार्वजनिक गरेको चलचित्र आमा सरस्वती मुभिज प्रा.लि. र आई.इम.ई. को व्यानरमा दिपाश्री निरौला, दिपकराज गिरी र कार्यकारी निमार्ता विकासराज आचार्यले निमार्ण गरेका हुन भने दिपाश्री निरौलाले निर्देशन गरेकी हुन ।

तीन मिनेट तीन सेकेण्ड लामो टे«लरमा दिपकराज गिरी, प्रियङ्का कार्की, वर्षा रावत ,जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ्ग, स्वस्तिमा खड्का, गौरव पहारी, लक्ष्मी गिरी लगायत कलाकारहरुलाई देख्न सकिन्छ ।

छक्का पञ्जामा राजाको रुपमा गाँउले परिवेशमा देखिएका दिपक र उनका साथी वुद्धि छक्का पञ्जा २ मा भने प्रहरीको भुमिका देखा परेका छन् । बडा दशैको अवसर पारी आगामी असोज ११ गते देशैभरका हल भित्रिने तयारी छक्का पञ्जा २ ले गरेको छ ।

यस अघि सार्वजनिक गरिएका चलचित्रका दुई गीत “ए दाजै नसमाउ नाडीमा” र “झयाम्म झयाम्म” विवादित रहे तापनि हिट भई सकेका छन् । निरौला निर्देशित पछिल्लो चलचित्र छक्का पञ्जा झै छक्का पञ्जा २ वक्स अफिसमा कतिको सफल रहन्छ त्यसका लागि त असोज ११ नकुर्नको विकल्प छैन् ।