नेपालगन्ज फुलटेक्रामा मोटरसाइकलको ठक्करबाट एक महिला गम्भीर घाइते

डम्मर थापा मगर/

बाँके, कार्त्तीक,२५-

नेपालगन्ज फुलटेक्रा सडकमा मोटरसाइकलको ठक्करबाट आज दिउँसो एक महिला गम्भीर घाइते हुनुभएको छ । 

भे ३ प ९५०७ नम्बरको मोटरसाइकलले सडकमा हिडिरहेकी ३० बर्षीया सीता धोवीलाई ठक्कर दिएर गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाईते सीतालाई उपचारका लागि नरसिंह होममा भर्ना गरिएको छ । ठक्कर दिने मोटरसाइकल र चालक प्रहरीको नियन्त्रणमा रहेको वताइएको छ।