नेपालगन्जमा बालमैत्री स्थानिय शासन बिषयक अभिमुखिकरण

डम्मर थापा मगर/

बाँके, कार्त्तीक, २५-

बालमैत्री शासनः बालअधिकारको सम्मान भन्ने नाराका साथ आज नेपालगन्जमा बालमैत्री स्थानिय शासन बिषयक अभिमुखिकरण गरिएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर १२ को आयोजना तथा सेभ द चिल्डे«नको सहयोगमा गरिएको कार्यक्रममा अधिकारकर्मी बीरेन्द्र थापा र आशिष बर्माले बालअधिकार सम्वन्धी राष्ट्रिय तथा अन्तराष्ट्रिय सन्धि सम्झौता तथा बालअधिकारका सूचकहरुका बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा बोल्दै वडाअध्यक्ष बुद्धिसागर सुवेदीले १२ नम्वर वडालाई बालमैत्री वडाका रुपमा परिणत गर्न वडा कार्यालयले सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।