आज संविधान दिवस मनाईदै, प्रधानमन्त्रीले देशवासीका नाममा सम्बाेधन गर्ने

फाईल तस्विर !!

काठमाडौं,असोज,३-आज असोज ३ गते, गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक दिनको स्मरण गर्दै संविधान दिवस मनाइँदै छ।

यस अवसरमा अहिले बिहान १० बजेतिर टुँडिखेलस्थित सैनिक मञ्चमा सरकारले विशेष कार्यक्रम आयोजना गर्दै छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको उहाॅंका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीका अलावा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना मात्रै सहभागी हुने बताइएको छ। 

काेराेना महामारीका कारण सीमित सहभागितामा मात्रै दिवस मनाउन लागिएकाे हाे।