जापानमा कोरोना लागेर ८३ जनाको मृत्यु : संक्रमितको संख्या ३४८१ पुग्यो

११ सय २४ जना उपचार पछि निको भएर घर फर्किए

जापान,चैत,२१-जापानमा कोरोना भाइरस (कोभिड–१९) का कारण शुक्रबार सम्म ८३ जनाको ज्यान गएको छ । एकै दिनमा ३ जनाको ज्यान गए संगै मृतकको संख्या ८३ पुगेको हो ।
 
फाईल: तस्विर
हरेक दिन नयाँ संक्रमित थपिने क्रम रोकिएको छैन् । बिहिबार मात्र नयाँ २७७ जनामा संक्रमित देखिएको छ ।शुक्रबार सम्म जापानमा कोरोना भाईरस संक्रमितको संख्या ३४ सय ८१ जना पुगेको हो । पछिल्लो तथ्यांक अनुसार निको हुनेको संख्या ११ सय २४ जना उपचारपछि निको भएर घर फर्केका छन् । बिहिबार मात्र ३३ जना मानीस उपचार पछि निको भएको थिए ।
 
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या १० लाख नाघेको छ ।पछिल्लो विवरणअनुसार १० लाख १४ हजार ४९९ जना संक्रमित भएका हुन् । यसगरी भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या ५३ हजार १६६ पुगेको छ । करिब ६ हजार मृतक थपिँदा मृत्यु हुनेको संख्या बढेको हो ।दुई लाख १२ हजार मानिस निको भएर घर फर्कंदा करिब ८० हजारमा नयाँ संक्रमण फेला परेको छ ।

जापानको ४७ (केन) मध्य ४३ (केनमा) कोरोना भाइरसको संक्रमण  देखिएको छ । 

 जापानको कुन (केनमा) कती संक्रमित व्यक्ति छन् ।

१. होक्काईदो केनमा संक्रमित: १८३, मृत्यु: जना
२. आवमोरी केनमा संक्रमित: ९ जना, मृत्यु: ०
३. मियागी केनमा संक्रमित: १२ जना,मृत्यु: ०
४.आकिता केनमा संक्रमित: ३ जना,मृत्यु: ०
५.फुकुसिमा केनमा संक्रमित: ८ जना, मृत्यु: ०
६.ईबाराकि केनमा संक्रमित: ४४ जना, मृत्यु:
७.तोचिगी केनमा संक्रमित: १७ जना, मृत्यु: ०
८. गुन्मा केनमा संक्रमित: २१ जना, मृत्यु: १ जना
९.साइतामा केनमा संक्रमित: ११७ जना, मृत्यु: ३ जना
१०.चिबा केनमा संक्रमित: १९१ जना, मृत्यु: १ जना 
११.टोक्योमा संक्रमित: ६८४ जना, मृत्यु: १६ जना
१२.खानागावा केनमा संक्रमित: १८४ जना, मृत्यु: जना
१३.निईगाता केनमा संक्रमित: ३२ जना, मृत्यु: ०
१४.ईसिगावा केनमा संक्रमित: १६ जना, मृत्यु: ०
१५.फुकुई केनमा संक्रमित: ३० जना, मृत्यु: ०
१६. यामानासी केनमा संक्रमित: ९ जना, मृत्यु: ०
१७.नागानो केनमा संक्रमित: ९ जना, मृत्यु: ०
१८.गिफु केनमा संक्रमित: ३६ जना, मृत्यु: ०
१८. सिजुओका केनमा संक्रमित: १४ जना, मृत्यु: ०
२०.आईची केनमा संक्रमित: १८९ जना, मृत्यु: १९ जना
२१.मिए केनमा संक्रमित: ११ जना, मृत्यु: ०
२२. सिगा केनमा संक्रमित: ८ जना, मृत्यु: ०
२३. क्योउतो केनमा संक्रमित: ८८ जना, मृत्यु: ०
२४.ओओसाका केनमा संक्रमित: ३११ जना,मृत्यु: २ जना
२५. हियोउगो केनमा संक्रमित: १६९ जना, मृत्यु: ११ जना
२६.नारा केनमा संक्रमित: १९ जना, मृत्यु: ०
२७.वाकायामा केनमा संक्रमित: २१ जना, मृत्यु: १ जना
२८.ओकायामा केनमा संक्रमित: ७ जना, मृत्यु: ०
२९.हिरोशिमा केनमा संक्रमित: ११ जना, मृत्यु: ०
३० यामागुची केनमा संक्रमित: ६ जना, मृत्यु: ०
३१.तोकुसिमा केनमा संक्रमित: ३ जना, मृत्यु: ०
३२ खागावा केनमा संक्रमित: २ जना, मृत्यु: ०
३३ एहिमे केनमा संक्रमित: १२ जना, मृत्यु: ०
३४ कोउची केनमा संक्रमित: २१ जना, मृत्यु: ०
३५. फुकुओका केनमा संक्रमित: १०० जना, मृत्यु: ०
३६.सागा केनमा संक्रमित: ३ जना, मृत्यु: ०
३७. नागासाकी केनमा संक्रमित: ८ जना, मृत्यु: ०
३८. कुमामोतो केनमा संक्रमित: १५ जना, मृत्यु: ०
३९. ओइता केनमा संक्रमित: ३० जना, मृत्यु: ०
४० मियाजाकि केनमा संक्रमित: ३ जना, मृत्यु: ०
४१.खागोसिमा केन संक्रमित: ३ जना, मृत्यु : ०
४२.ओकिनावा केनमा संक्रमित: ९ जना, मृत्यु: ०

४३. टोयामा केन संक्रमित: ८ जना, मृत्यु:०

४४. यामागाता केनमा संक्रमित : ३ जना,मृत्यु:०

बाँकि ३ वटा केनमा कोरोना शुन्य रहेको छ । हामी निरन्तर अपडेट मा रहनेछौं।