माओवादीले थापा र शर्मालाई राष्ट्रिय सभामा पठाउने

राष्ट्रियसभाका लागी १३ उम्मेदवार चयन

काठमाण्डौं,माघ,९-

नेकपा माओवादी केन्द्रले रामबहादुर थापा र दीनानाथ शर्मालाई राष्ट्रिय सभामा पठाउने भएको छ । 

माओवादी शीर्ष नेताहरुको आज बसेको बैठकले राष्ट्रियसभाका १३ उम्मेदवार चयन गरेको छ । बादल प्रदेश ३ को खुला सदस्यको उम्मेदवार बनेका छन् भने पूर्वमन्त्री शर्मा प्रदेश ४ बाट खुला सदस्यको उम्मेदवार बनेका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल, नेताहरू नारायणकाजी श्रेष्ठ एवं रामबहादुर थापा सम्मिलित तीन शीर्ष नेताहरूको बैठकले उम्मेदवार चयन गरेकाे हाे।

सोमबारको बैठक २१ अाकांक्षी देखिएपछि माअाेवादीले उम्मेदवार चयनकाे जिम्मा अध्यक्ष दाहाल तथा नेताहरू श्रेष्ठ र थापालाई दिने निर्णय गरेकाे थियाे।

माघ १५ मा राष्ट्रिय सभा निर्वाचन गर्ने निर्वाचन आयोगको तयारी छ। आयोगले १० गतेभित्र उम्मेदवार टुंगो लगाउन दलहरुलाई समय सीमा तोकेको छ।
माओवादी केन्द्रका राष्ट्रिय सभाका उम्मेद्वार
प्रदेश १
बीना पोखरेल (महिला)

प्रदेश २
१. शशिकला दाहाल (महिला)
२‍. बाँकी

प्रदेश ३
१. रामबहादुर थापा ‘बादल’ (खुला)
२. गंगा पराजुली (महिला)

प्रदेश ४
१. दीनानाथ शर्मा (खुल्ला)
२. खीमकुमार बिक (दलित)

प्रदेश ५
 राजकुमार कुंवर (अल्पसंख्यकरअपांग)
चन्द्र बहादुर खड्का (खुला)

प्रदेश ६
१. जीवन बुढा (अपाङ्गरअल्पसंख्यक)
२. युटुल लामा (महिला)
३. कालीबहादुर मल्ल (खुल्ला)

प्रदेश ७
१. लालिराम लोहार (दलित)
२. हरिराम चौधरी (खुला)