सामाजिक अभियन्ता केपि खनाल चितवन जादै

काठमाडौ,माघ,९- 

पछिल्लो समय नेपालमा निकै चर्चामा रहेका नेपालका कम उमेरका सामाजिक अभियन्ता के पि खनाल माघ ९ गते चितवन जानुहुने भएको छ ।

चितवनमा १० र ११ गते विभिन्न संघ ,संस्थाको कार्यक्रमलाई सम्बोधन सङगै चितवनमा सरसफाइ अभियानमा पनि सहभागी हुने स्रोतले बताएको छ ।

साथै उहाँले काम गरिरहेको संस्था सामर्थ्य नेपालका केन्द्रिय समितिलाई पनि भेटघाट गर्ने अध्यक्ष अर्जुन भुसालले जानकारी दिनुभएको छ ।

चितवनको दुई दिनको बसाईमा आफुले चलाईरहेको क्लिन काष्ठमण्डप अभियानलाई पनि सहयोग मिल्ने उहाको बुझाई रहेको छ । काठमाडौ क्लिन काष्ठमण्डप का पदाघिकारीलाई जिम्मा दिदै आफू लागेको जनाईएको छ ।