मगर संघ जापानको अध्यक्षमा भिक्टर ठाडा मगर निर्बाचित

नयाँ कार्यसमितिमा को को चयन भए (सुची सहित)

फाईल तस्विरमा : नेपाल मगर संघको नयाँ कार्यसमिती

टोकियो,असोज,२५-नेपाल मगर संघ जापानको २२औं अधिबेशनबाट भिक्टर ठाडा मगर अध्यक्षमा सर्बसम्मत निर्बाचित हुनु भएको छ।

जापानको टोकियोमा सम्पन्न अधिबेशनले २३ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै निवर्तमान महासचिव भिक्टर ठाडा मगरलाई अध्यक्षमा चयन गरेको हो।

संस्थाको नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा रित राना मगर चयन हुनु भएको छ।यस्तै संस्थाको उपाध्यक्षहरुमा रमेश राना मगर, लोक बहादुर रोका मगर, भिम श्रिस मगर, माया थापा मगर, दिल पुर्जा मगर, हेम सुर्यवंशी मगर, र नरेन्द्र थापा मगर सर्वसम्मत चयन हुनु भएको छ।

यस्तै:महासचिवमा सागर थापा मगर, सचिवमा कमल पुन मगर र दिपेन्द्र बलाल मगर सर्वसम्मतले चयन हुनु भएको छ।

यसैगरी: कोषाध्यक्षमा ढक प्रसाद जुग्जाली मगर,र सह-कोषाध्यक्षमा रमा राना मगरलाई सर्वसम्मतले नयाँ कार्यसमितिमा चयन गरिएको छ।

२२ औं अधिबेशनबाट सदस्यहरुमा सगुन सुर्यवंशी मगर, विकाश फगामी मगर, श्रीष बुढाथोकी कान्ता मगर, मिना मगर (माया) सेवक सारु मगर, मनिता राना मगर, ज्ञान सिङं काउछा मगर, अञ्जना थापा मगर, लक्ष्मी अर्गेजा मगर चयन भएका छन्।

यस्तै संघको सल्लाहाकार समितिमा भने ….. अपडेट हुँदै ॥

अधिबेशनमा टोकियोबासी नेपाल मगर संघका विभिन्न ठाउँबाट आएका कलाकारहरुले प्रस्तुती पनि दिएका थिए।

बाँकि समाचार अपडेट हुँदै ….