प्रदेश ५ तेक्वान्दो महासंघको अध्यक्षमा विरेन्द्र शाहि चयन

नेपालगन्ज,भदौ,३०-

प्रदेश ५ स्तरीय आइ टि एफ तेक्वान्दो महासंघको अध्यक्षमा विरेन्द्र शाहि चयन हुनुभएको छ । आज नेपालगन्जमा आयोजित प्रादेशिक नेपाल आइ टि एफ तेक्वान्दो महासंघको प्रथम अधिवेसन तथा प्रथम साधारणसभाको भेलाले बाँकेका शाहिलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

संघिय संरचना अनुसार क्षेत्रिय संरचनालाई खारेज गर्दै प्रदेश ५ का १२ जिल्लाकै खेलाडिहरु नेपालगन्जमा आज भेला भएर १९ सदस्यीय नयाँ कार्यसमीति सर्वसम्मत चयन गरीएको अध्यक्ष शाहिले जानकारी दिनुभएको छ । त्यस्तै, वरीष्ठ उपाध्यक्षमा नवलपरासीका रीजमान कामु मगर, उपाध्यक्षमा बाँकेका गीता क्षेत्रि र रोल्पाका विक्रम बाँठा चयन हुनुभएको छ ।

सचिवमा बुटवलका नवराज खरेल, कोषाध्यक्षमा बाँकेका रन्जीत गीरी चयन हुनुभएको छ । सदस्यमा रमेश चौरासीया (बाँके), मोहित शाह (बर्दिया), भिम बहादुर थापा (दांग), भुवन बुढा मगर (रुकुम), केशर वहादुर कुवर (रुपन्देहि), वीरवहादुर कुँवर (नवलपरासी), भिम ज्ञवाली (गूल्मी) चयन हुनुभएको छ ।

यसैबिच, साधारण सभाको उद्घाटन गर्दै प्रदेश ५ का प्रदेश सभासदस्य एवम् ओलम्पीएन सुरेन्द्र हमालले खेलाडिहरुले सक्रियतासंगै खेलको स्तर सुधार गर्नेतर्फ ध्यानु दिनुपर्ने सुझाब दिनुभएको छ ।

कार्यक्रममा बोल्दै मध्यपश्चिम खेलकुद विकास समीतिका अध्यक्ष भिम ओली, नेपाल आइ टि एफ तेक्वान्दो महासंघका केन्द्रिय अध्यक्ष अन्जन धमाला, नेपालगन्ज उपमहानगरपालीकाका उपमेयर उमा थापा मगर, नेपालगन्ज

उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य लगायतले सबै जिल्लाका खेलाडिलाई मीलाएर लैजान सुझाब दिए् । राज्यले खेल क्षेत्रलाई प्राथमीकतामा नराखेको बताउदै उनिहरुले खेलाडिले स्तरीय खेलमार्फत राज्यको ध्यानआर्कषण गर्नसक्नुपर्नेमा जोड दिएका छन् ।