सामाजिक सञ्जाल फेसबुकले बचायो ज्यान

नेपालगन्ज,भाद्र,३०-
अाजभोलि जताततै सामाजिक सञ्जाल फेसबुकको विरोध अाईरहेको बेलामा बाँकेको नेपालगन्जमा भने सामाजिक सञ्जालको माध्यम प्रयोग गरेर एक जना बिरामीको ज्यान बचेको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको अाई-सि-यु-को बेड नं २५१ मा भर्ना भएका बिरामी बाँकेको खजुरा गाउपालिका ४ निवासी गुमान सिंह वलीलाई ए नेगेटिभ ब्लड अावश्यक परेको थियो ।

रक्त सञ्चारमा उक्त ग्रुपको रगत नभएको जानकारी अाएपछि निजका अाफन्तहरुले बिहानी अनलाइन न्यूजका र खबर नेपालगन्जका संवाददाता के-पी-घिमिरेलाई दाता खोजिदिन अाग्रह गरेपछि निजले सामाजिक सञ्जाल फेसबुकमा ए नेगेटिभ ब्लडका कोही दाताहरु भएमा सहयोग गरिदिन अनुरोध गरेर पोष्ट गर्नु भएको थियो ।

उक्त फेसबुकको पोष्ट हेरेपछि स्थानीय ज्ञानोदय विद्या निकेतन माध्यमिक विद्यालयका शिक्षक धन बहादुर बिष्टले अाफनो उक्त ग्रुप भएको र दिन तयार भएको बताए पछि बिरामीका अाफन्तलाई जानकारी गराई रक्तदान गर्नु भएको थियोे । निज बिरामीको शरीरमा ६ प्वाइन्ट मात्र रगत भएको र अरु चढाउनु पर्ने चिकित्सकले बताउनु भएको बिरामीको अाफन्त रिचा क्षेत्रीले बताउनु भयो । उहाले रक्तदाता र दाता खोजी गरि दिने दुबैलाई धन्यवाद दिनु भएको थियो ।