आज पिएसजी संग भिड्ने खावासाकी टिम हेड टु हेड कति बलीयो?

खावासाकी ४ पटक जे वान लिग च्याम्पियन बनेको टिम हो ।

फाईल तस्विर !!

टोकियो,जापान,साउन,४-जापान भ्रमणमा रहेको पेरिस सेन्ट-जर्मेन (पिएसजी) क्लव ले आज बुधबार खावासाकी फुटबल क्लव संग प्रि-सिजन मैत्रीपुर्ण फुटबल खेल खेल्दैछ। 

खेल टोकियो स्थित खावासीकी रंगशालामा जापानको स्थानीय समय अनुसार बेलुकी ७:३० बजे सुरु हुनेछ ।

विश्वकै चर्चित टिम पिएसजी संग जापानको कस्तो टिम भिड्दै छ होला भन्ने धेरै फुटबल प्रेमीहरुको मनमा उत्सुकुता लाग्नु स्वभाविक हो।आउनुहोस् अब एकै छिन पिएसजी संग आज भिड्ने खावासाकी फुटबल क्लवको बारे थोरै चर्चा गरौं !!

हेड टु हेड खावासाकी फुटबल क्लव कति बलीयो।।

खावासाकी फुटबल क्लव जापानमा अहिले निकै चर्चित र बलियो टिम हो।यो टिम लगातार ४ पटक जे वान लिग च्याम्पियन बनेको छ ।

सन् १९५५ मा फुजित्सुको कर्पोरेट टोलीको रूपमा सुरु भएको थियो ।यो क्लवले १९६७ मा कान्टो सकर लिग खेलेको थियो।त्यसपछि यो क्लव १९७२ मा जापान फुटबल लीगमा प्रवेश गरेको थियो ।क्लवले जापान फुटबल लीगमा सामेल हुनु अघि १७ सिजन बिताएको थियो ।

यो क्लवले सन् १९९७ देखि व्यवसायीक रुपमा खेल्न सुरु गरेको थियो ।

र त्यसपछि फुजित्सुको कर्पोरेट टोलीको नामलाई परिवर्तन गरि कावासाकी फुटबल क्लवमा परिवर्तन भए संगै जे टु लिगमा प्रवेश गरेको थियो।जे टु लिग खेलेको एक वर्ष पछि बढुवा हुदै जे वान खेल्ने मौका पायो तर जे वान एक वर्ष खेल्दा टिमको बढुवा फेरि खुस्किएको थियो । त्यसपछि लगातार ४ वर्ष जे टु लिग खेल्न परेको थियो । 

जे टु लिग चार सिजन खेलेपछि पछि फेरि टिम बढुवा भएको थियो ।र त्यसपछि भने खावासाकी क्लवले पछि फर्केर हेर्न परेको छैन।

निरन्तरको प्रयास पछि २०१७ मा खावासाकी फुटबल क्लव जे वान लिगको पहिलो उपाधी चुम्न सफल भएको थियो।त्यसपछि भने यो क्लवले निरन्तर २०१८ ,२०२०,२०२१ को जे वान लिग विजेता बनेको थियो भने २०१९ मा जे वान लिग कपको उपाधी जितेको थियो। भने २०२० मै यो क्लवले ईम्पेरोर्स कप पनि जितेको थियो । 

स्मररहोस् लिग जित्नु भन्दा अघी यो क्लव चार पटक फाइनलमा हारेका थियो । खावासाकी फुटबल क्लव अहिले जापानमा जे लिग (J.League) को पावरहाउसको रूपमा परिचित रहेको छ ।

खावासाकी क्लवले आफ्नो होम गराउण्डको मौका उठाउने योजनाका साथ मैदान उत्रदैछ।तर सहज भने पक्कै पनि छैन ।किनकि पिएसजीमा विश्वका चर्चित खेलाडीहरु मेस्सी, नेयमार, बाप्पे, सर्जियो रामोस, भारती जस्ता खेलाडी छन् । त्यसैले आजको खेल निकै प्रतिस्पर्धाको रुपमा हेरिएको छ ।

खावासाकी क्लवमा ब्राजीलीयन स्टाईकर लेन्ड्रो डामियो, मार्कियो अगुस्टो को वर्चश्व रहेको छ भने यस क्लवमा जापानीज स्टाईकर केई चिन्नेई, मिकि यामाने जस्ता चर्चित खेलाडीले भरिएका छन् ।