सल्यानमा बस दुर्घटना : ४ जनाको मृत्यु , ३० घाईते

रोशन घर्ती/

सल्यान,माघ,८-

सल्यानमा यात्रुवाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । अन्य ३० जना घाईते भएका छन् । रुकुमबाट दाङ आउँदै गरेको ना ५ ख ५३१ नम्बरको बस सल्यानको त्रिवेणी गाउँपालिका ६ स्थित बैदारे खोला भन्ने स्थानमा दुर्घटना भएको हो ।

दुर्घटनामा परि २ पुरुष र २ महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मृतक मध्य दुईजनाको पहिचान खुलेको छ ।

प्रहरीका अनुसार सल्यान खलंगाकी पुष्पा खड्का केसी र बागचौर नगरपालिका वडा नम्बर १० की छन्चरी बिकको मृत्यु भएको छ । अन्य दुईजनाको भने पहिचान हुन सकेको छैन ।

बस सडक देखि झण्डै ८० मिटर तल खोल्सामा खसेको छ । घाईते मध्य ६ जनाको अवस्था गम्भिर रहेको छ । उनिहरुलाई सल्यानबाट थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको छ ।