वैशाख ३१ गते चुनाव गर्न सरकारलाई निर्वाचन आयोगको सुझाव

काठमाडौं, फागुन ९ – निर्वाचन आयोगले आगामी वैशाख ३१ गते स्थानीय तहको चुनाव गर्न सरकारलाई सुझाव दिएको छ ।सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलका क्रममा निर्वाचन आयोगका आयुक्तले वैशाख ३१ गते एकै चरणमा चुनाव गर्ने गरी मिति तय गर्न सरकारलाई सुझाव दिएको आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले जानकारी दिनुभयो ।

कठिन परिस्थितिका बावजुत पनि देशको अवस्थाका कारण छोटो समयमा चुनाव गर्न आयोग प्रतिबद्ध रहेको उहाँको भनाई छ । उहाँले चुनावका लागि अब सबै क्षेत्रलाई सहयोग गर्न आग्रह पनि गर्नुभयो । उज्यालोखबरबाट