राप्रपा अध्यक्षमा कमल थापा, थापा(२८०४ राणा(२५१)

काठमाडौं, फागुन ९ – राप्रपाको अध्यक्षमा कमल थापा निर्वाचित हुनुभएको छ । सोमबार भएको मतदानमा थापाले २ हजार ८ सय ४ मत ल्याउनुभयो । उहाँका प्रतिद्वन्द्वी प्रदीपविक्रम राणाले २ सय ५१ मत मात्र ल्याउनुभएको राप्रपाका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।

८१ मत भने बदर भएको थियो । मतदानका लागि ५४ वटा विद्युतीय मेसिनको प्रयोग गरिएको थियो । सोमबार नै हुने भनिएको सदस्यहरुको चुनाव भने मंगलबार मात्र हुने निर्वाचन समितिले जनाएको छ । ९८ जना केन्द्रिय सदस्यका लागि ३ सय ६३ जनाको उम्मेदवारी परेको छ ।

निर्वाचन समितिका अनुसार ३ हजार २ सय ८७ मतदाता छन् । राप्रपाको नयाँ विधानअनुसार १ सय ६३ सदस्यीय केन्द्रीय समितिको ६० प्रतिशत अर्थात ९८ पदका लागि चुनाव हुनेछ भने बाँकी क्षेत्र, भूगोल, विशेषज्ञताका आधारमा पार्टी अध्यक्षले मनोनयन गर्ने व्यवस्था छ ।उज्यालोखबरबाट