वर्षाका कारण देशभरका खोलानालामा पानीको सतह बढ्यो

काठमाडौं,असोज,२०-मनुसनी गतिविधी सक्रिय भएर बुधबार राति तथा बिहीबार बिहान परिरहेको वर्षाका कारण देशका विभिन्न नदी तथा खोलामा पानीको सतह खतराको तह पार गरेको छ ।

चितवन, नवलपरासी, कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, प्यूठान, अर्घाखाँची, दाङ जिल्लासहित गण्डकी प्रदेशका साना नदीमा पानीको सतह बढेको हो ।

आकस्मिक बाढीको सम्भावना रहेकाले सर्तकता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

महाशाखाका अनुसार बिहीबार बिहान गरिएको मापनमा चितवनको देवघाटमा पानीको सतह सतर्कता तह भन्दा माथि पुगेको छ । चितवन नवलपरासी तटीय क्षेत्रका बासिन्दालाई बिहीबार बेलुकासम्म नै उच्च सर्तकता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ ।