काभ्रेमा भारतीय बस र जीप ठोक्किँदा ५ जनाको मृत्यु, १८ घाइते

काभ्रेमा भारतीय बस र जीप ठोक्किँदा ५ जनाको मृत्यु, १८ घाइते || गाडी दुर्घटना|| Accident
Web pic

काठमाडौं,बैशाख,२१-काभ्रेको मंगलटारमा सवारी दुर्घटना हुँदा पाँच जनाको मृत्यु घएको छ । भने घटनामा १८ जना घाइते भएको छन् ।

बुधबार काठमाडौंबाट जनकपुरतर्फ गइरहेको भारतीय नम्बर प्लेटको यूपी ५८ टी ८१८१ नम्बरको बस र सिन्धुलीबाट काठमाडौंतर्फ आउँदै गरेको ना १ ज ४२१० नम्बरको जीप काभ्रेको रोशी गाउँपालिका–११ मंगलटारमा एकापसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मृत्यु भएका पाँचै जना जीपका यात्रु रहेको र उनीहरुको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ । घाइते १८ जनामध्ये केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर केहीलाई धुलिखेल अस्पताल ल्याइएको बताइएको छ ।